चीन । चीनियाँ कम्युनिष्ट पार्टीको १८ औं अधिवेशन राजधानी बेइजिङ्गमा शुरु भएको छ । चिनियाँ कम्युनिष्ट पार्टीको शीर्ष नेतृत्व समेत परिवर्तन गर्ने भएकाले अधिवेशनलाई निकै महत्वकासाथ हेरिएको छ ।
अधिवेशनलाई सम्बोधन गर्दै चीनका राष्ट्रपति हु जिन्ताओले पार्टीमा ब्याप्त भ्रष्टाचार पार्टीका लागि मात्र नभइ राष्ट्रका लागि समेत घातक हुने बताउनु भयो ।चीनको ग्रेट हल अफ द पिपुलमा दुई जारी अधिवेशनमा हु जिन्ताओले भ्रष्टाचारको मामिलाको जाँचका लागि पार्टीको अख्तियारी आवश्यक भएको समेत औंल्याउनुभयो ।
पार्टीमा रही भ्रष्टाचारमा लिप्त रहेको नेता कार्यकर्तालाई कानुनको कठघरामा उभ्याई सजाँय दिलाउने चेतावनी समेत उहाँले दिनुभयो । उच्च पदस्थ ब्यक्तित्वहरुप्रति लक्षित गर्दै उहाँले आचार संहिताको पालना गर्न र स्वच्च प्रशासन चलाउन आग्रह गर्नुभयो । अधिवेशनमा २ हजार २ सय ७० जना प्रतिनिधी सहभागी छन् ।
चीनमा हरेक पाँच बर्षमा यस प्रकारको अधिवेशन हुने गरेको छ । यही अधिबेशनको माध्यमबाट आफना निती तथा नेतृत्वमा हुने परिवर्तनको घोषणा हुने गर्दछ । अधिवेशनमा सहभागी प्रतिनिधीहरुले एकता र ताकत प्रदर्शन गर्ने अनुमान गरिएको छ । यसअघी अधिवेशन सत्रमा बाल्दै सहभागी प्रतिनिधीहरुले चीनले आन्तरिक तथा बिश्जव वातावरणको परिवर्तनलाई स्वीकारेर अगाडि बढ्नुपर्ने उल्लेख गर्दै चीनको बिकासका लागि बैज्ञानिक तरिकाले अगाडि बढाउन उच्च लक्ष्य लिनका लागि कडा परिश्रम गर्नुपर्ने तर्क गरेका थिए । अधिवेशनलाई ध्यानमा राख्दै चीनभर सुरक्षा ब्यबस्था कडा तुल्याइएको छ ।
– Agencies