सिरिया । सिरियाली राष्ट्रपति बसार अल असदले कुनै हालतमा पनि पद त्याग नगर्ने घोषणा दोहो-याएका छन् । टेलिभिजन च्यानल रसियालाई अंग्रेजी भाषामा अन्तर्वार्ता दिँदै असदले आफू सिरियाकै लागि बाँच्ने र सिरियाकै लागि मर्ने घोषणा गरे ।
आफू नमरुन्जेल राष्ट्रपति पदमै बस्ने घोषणा पनि उनले गरेका छन् । राष्ट्रपति असदले विदेशी हस्तक्षेप मान्य नहुने र त्यस्तो हस्तक्षेपको डटेर प्रतिकार गर्ने चेतावनी दिनुभयो ।
बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले असदलाई पदत्याग गर्न र सिरियामा जारी हिंसा अन्त्य गर्न सुझाव दिएलगत्तै असदले पद त्याग नगर्ने घोषणा दोहो-याएका हुन् । सिरियामा असदबिरुद्ध चर्केको आन्दोलनका क्रममा हालसम्म ३६ हजारभन्दा बढी व्यक्ति मारिइसकेका छन् । २८ हजारभन्दा बढी बेपत्ता छन् ।
– Agencies