टर्कीको दक्षिणपूर्वी सिर्त प्रान्तमा हेलिकप्टर दुर्घटनामा परी १७ जना टर्कीस सेनाको मृत्यु भएको छ । सिर्तका गभर्नर अमद आइदिनले मारिनेहरु सेनाको विशेष फोर्सका सदस्य रहेको जनाएका छन् ।
बाक्लो हुस्सु लागेको पहाडि क्षेत्रमा हेलिकप्टर दुर्घटना भएको बताइएको छ । टर्कीस सेना कुर्दिस विद्रोहीविरुद्ध दक्षिणपूर्वी क्षेत्रमा सक्रिय छन् ।