श्रीलंका । श्रीलंकाको राजधानी कोलम्बोस्थित एक जेलमा आज बिहानै भएको झडपमा १३ जना मारिएका छन् । कैदी र सुरक्षाकर्मीबीच भएको झडपमा कम्तिमा ३० जना घाइते भएका छन् । मारिनेमा ४ सुरक्षाकर्मी र ९ कैदी छन् ।
सुरक्षाकर्मीले कारागारको छानबिन गर्ने क्रममा कैदीहरुले हतियार लुट्ने प्रयास गर्दा झडप भएको बताइएको छ । चार हजार कैदी रहेका यो कारागारमा यसअघि पनि पटक पटक यस्तै हिसंरक भिडन्तहरु भएका थिए ।
उक्त जेलमा यसअघि सन् २०१० मा भएको भिडन्तमा ५० जना र यहि जनवरीमा भएको झडपमा २५ जना घाइते भएका थिए ।
– Agencies