प्रधानमन्त्री भट्टराईद्धारा देशलाई अझ धेरै गतिरोधमा धकेल्नेगरी सत्ता नछाड्ने स्पष्ट

सिन्धुली । प्रधानमन्त्री डा.बाबुराम भट्टराईले देशलाई अझ धेरै गतिरोधमा धकेल्नेगरी सत्ता नछाड्ने बताएका छन् । नेपाली जनताले संविधान चाहेका भन्दै उनले संविधान नबनेसम्म सरकार छाड्नुको अर्थ नहुने बताए ।


सिन्धुलीको कपिलाकोटमा एकीकृत माओवादीले गरेको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री भट्टराइले अहिलेको सरकार सहमतिको बाधक नभएको समेत स्पष्ट पारे ।
 
चुनावमा जाने सहमति गरी मुलुकलाई निकास दिनुपर्ने उनको भनाई थियो ।

– RSS