जोर्डनमा पूर्व गुप्तचर प्रमुख मोहम्मद अल-दाहाबीलाई भ्रष्टाचारको आरोपमा १३ वर्षको जेल सजाय सुनाइएको छ । सन् २००५ देखी २००८ सम्म गुप्तचर प्रमुख रहेका दाहावीमाथि पद र सार्वजनिक कोषको दुरुपयोगका साथै मनी लाउण्डरिङ गरेको आरोप लगाइएको थियो ।
राजधानी अम्मानको अदालतले उनले करिब ३० करोड डलर तिर्नुपर्ने पैmसला दिएको छ । गत फेब्रुअरीमा उनको बैंक खाताबाट ठूलो रकम निकालिएपछि शंकास्पद रुपमा उनी पक्राउ परेका थिए ।