ग्रिस । ग्रिसको संसदले विवदास्पद खर्च कटौती प्रस्तावमा समर्थन जनाँउदै नयाँ वजेट पारीत गरेको छ ।
आर्थीक वर्ष २०१३ को लागि प्रस्तावित वजेटमा समेटिएको खर्च कटौतीको प्रस्तावको विपक्षमा प्रदर्शन भईरहेको बेला संसदले उक्त वजेट पास गरेको हो ।ग्रिक संसदमा भएको निर्वाचनमा वजेटको पक्षमा १ सय ६७ र विपक्षमा १ सय २८ मत परेको थियो ।
बजेट पारीत भएपछि ग्रिसले युरोपेली युनियन ईयु र अन्तराष्ट्रिय मुद्रा कोष आई.एम.एफ.बाट ४० बिलियन अमेरीकी डलर बराबरको सहायता पाउने भएको छ । ईयु र आई.एम.एफ.ले ग्रिसलाई आर्थीक सहायता दिन खर्च कटौती प्रस्ताव पास गर्नुपर्ने पुर्व शर्त राखेका थिए ।
पछिल्लो सहायताले ग्रिसका बैंकहरुलाई टाट पल्टिनबाट जोगाउने अपेक्षा गरिएको छ ।संसदमा मतदान भईरहँदा झण्डै १० हजार जनताले संसद भवन बाहीर विरोध प्रदर्शन गरीरहेका थिए ।
ग्रिसको आर्थीक संकटले लाखौं जनतालाई वेरोजगार बनाईसकेको छ भने हजारौं व्यवसायीक प्रतिष्ठानहरु टाट पल्टिसकेका छन् ।
– Agencies