बीबीसीमा बालयौन शोषण सम्बन्धि रिपोर्ट प्रसारण भएपछि व्यापक आलोचना खेप्न नसकी निर्देशक र उप समाचार निर्देशकलाई मुक्त

बीबीसीमा बालयौन शोषण सम्बन्धि रिपोर्ट प्रसारण भएपछि व्यापक आलोचना खेप्न नसकी त्यसका महानिर्देशकले राजीनामा दिएको २ दिनपछि समाचार निर्देशक हेलेन बोडेन र उप समाचार निर्देशक स्टीभ मिचेललाई पनि तत्कालका लागि जिम्मेवारीबाट मुक्त गरिएको छ ।


उक्त काण्डको आन्तरिक जांच पूरा नहुंदा सम्मका लागि उनीहरुलाई पदीय जिम्मेवारीबाट मुक्त गरिएको हो । गत शनिवार मात्रै खबर प्रशारणको जिम्मेवारी लिँदै बीबीसीका महानिर्देशक जर्ज एन्टविसलले राजीनामा दिएका थिए ।


राजीनामा अघि एन्टविसलले उक्त रिपोर्ट प्रसारण गरेको विषयमा दुई भिन्न किसिमका जांचको आदेश दिएका थिए । अब उक्त जांचको अन्तिम परिणाम नआए सम्मका लागि बोडेन र मिचेललाई सबै जिम्मेवारीबाट हट्न भनिएको समाचारमा जनाइएको छ ।


बीबीसीको न्यूजनाइट कार्यक्रममा प्रशारण गरिएको बालयौन शोषण सम्बन्धि रिपोर्टमा बेलायतको टोरी पार्टीका पूर्व वरिष्ठ नेता लर्ड क्याकएल्पाइनलाई गलत ढंगले देखाइएको भन्दै आलोचना भएको थियो ।


उक्त रिपोर्टमा बेलायतको नर्थ वेल्सस्थित केयर होम्समा भएको बालयौन शोषण सम्बन्धि खबर समेटिएको थियो ।

 

– एजेन्सी