डिल्लीराज घिमिरे
मैदान 5 अर्घाखाँची
हाल- चिली
न बोलाउदा बोल्छौँ नत तिमि बोलाउछौँ
सुन्दै छु म तिमि आज् भोलि एकान्तमा टोलाउछौ
म यता एकलै हुने तिमि पनि एकली रुने
कहिले होला यो साथ् मा तिमि हामि एक हुने
बाध्य्ताले तिमि हामि न चाहदा पनि टाढा हुनु
व्यर्थ छ यो जिन्दगीमा एक्लै एक्लै सम्झी रुनु
माया भन्ने कस्तो हो न देखिन्छ न बोल्छ बोलाउदा
तिमि सधै आउने गर्छौ म एकान्तमा टोलाउदा
पर्खी बस मेरी प्रिया छिटै आउने बाचा दिन्छु
यदि तिमि टाढा भए तिम्रै सामु ज्यान दिन्छु