डा. वाग्लेलाई बचाउन अर्घाखाँचीका स्वास्थ्य कर्मिको सक्रियता, लुहेस्कोद्धारा १ लाख सहयोग

– शोभाखर पन्थी

सन्धिखर्क, अर्घाखाँची – जिल्ला स्वास्थ्थ कार्यालय अर्घाखाँचीका पुर्व स्वास्थ प्रमुख डा चित्र प्रसाद शर्मा वाग्ले लाई बचाउन अर्घाखाँची जिल्लाका स्वास्थ कर्मिहरुले सक्रियता बढाएका छन् ।


लुहेस्को लिमिटेड र स्वास्थ संग सम्बन्धित पेशागत संग संगठनका प्रतिनिधी हरुको भेलाले डा वाग्लेलाई आर्थिक सामाजिक र मनोबैज्ञानिक रुपले सहयोग पु-याउन लुहेस्को लिमिटेडका अध्यक्ष तिलक मिश्रको अध्यक्षतामा  १५ सदस्यिय डा चित्र प्रसाद शर्मा वाग्ले सहयोग समितिको गठन गरेको छ ।


 समितीको सदस्यमा कृष्ण प्रसाद बन्जाडे नेत्र प्रसाद आचार्य ,देव बहादुर थापा , राजेन्द्र श्रेष्ठ, शेषकान्त घिमिरे ,तारा प्रसाद खनाल, बुद्धि बहादुर घर्ति, भविश्वर खनाल, मदन आचार्य, पुर्ण प्रसाद पराजुली, राम प्रसाद घिमिरे, विश्वदेब न्यौपाने, खगराज पोख्रेलर नारायण प्रसाद पौडेल छन् ।


समितिले डा वाग्लेको उपचारमा सहयोग पुर्याउन सरकारी संयन्त्रलाई घचघचाउनुका साथै आर्थिक संकलन गरी प्रभावकारी उपचारको लागी सहयोग पुर्याउने सहयोग समिति द्धारा संन्धिखर्कमा आयोजित पत्रकार सम्मेलनमा जनाईएको छ ।


समितिले डा. वाग्लेले अर्घाखाँची जिल्लामा बसेर पु-याउनु भएको योगदान अतुलनिय भएको जनाउदै आर्थिक र नैतिक सहयोगको लागी जिल्ला स्थित राजनितिक दल, संघ संस्था, उद्योगी व्यापारी ,कर्मचारी लगायत सबैलाई आग्रह गरेको छ ।


अर्घाखा

अन्य समाचारहरु