एफबीआईद्धारा अमेरिकी गुप्तचरका पूर्वप्रमुख डेभिडकी प्रेमिकाको घरमा छापा

अमेरिकी संघीय जाँच व्यूरो एफबीआईले अमेरिकी गुप्तचर एजेन्सी सीआईएका पूर्व प्रमुख डेभिड पेट्रियासको प्रेमिका रहेकी पूर्व सैन्यअधिकृत पाउला ब्राडबेलको निवासमा छापा मारेको छ ।


एफबीआईका प्रवक्ता शेले लिंचले उत्तरी क्यारोलाइनाको शारलोटस्थित ब्राडबेलको घरमा छापा मारिएको हो । पेट्रियासले ब्राडबेलसँगको सम्बन्ध सेनाबाट निवृत्त भएपछि शुरु भएको दावी गरेकाले उक्त दावीलाई चुनौति दिने प्रमाण भेटिएमा उनीविरुद्ध सैन्य कानून अनुसार कारवाही हुन सक्ने बताइएको छ ।


४० वर्षीया ब्राडबेल विवाहित दुई छोराछोरीकी आमा हुन् । पेट्रियासले ब्राडवेलसँग आफ्नो विवाहपछिको सम्बन्धका कारण गत हप्ता राजीनामा दिन बाध्य भएका थिए । अमेरिकी सैन्य कानून अनुसार विवाहपछिको सम्बन्ध गैरकानूनी मानिन्छ ।


पेट्रियासले इराक र अफगानिस्तानमा अन्तर्राष्ट्रिय सैन्य गठबन्धनको नेतृत्व गरेपछि सन् २०११ मा सीआईएको प्रमुखको जिम्मेवारी सम्हालेका थिए ।

 

– एजेन्सी