– बुद्धि बहादुर रायमाझी
सन्धिर्खक ९
कुर, शंखेटारी, अर्घाखाँची, नेपाल
शुभकामना ! प्रिय मित्रहरु !
विजया दशमी, वकर इद, शुभ दीपावली तथा छठ पर्व २०६९को पावन अवसरमा संम्पूर्ण पाठक वर्गमा हार्दिक मंगलमय शुभकामना ! सर्व प्रथम संसारभरका हिन्दुहरु र इस्लाम धर्मका अनुयायी मुस्लिमहरु तथा हाम्रो तराईमा वसोवास गर्ने तराईवासी वन्धुवान्धवहरुमा सुस्वास्थ्य, उत्तरोत्तर प्रगति तथा दीर्घायुको कामना व्यक्त गर्दछु । साथै रोजगारी, अध्ययन र व्यवशायको शिलशिलामा अरब, अमेरिका, अफ्रिका, भारत र यूरोप प्रवासमा रहनुभएका देशवन्धुहरुमा हृदय देखिनै शुभकामनाका पुष्प गुच्छा टकार्न नेपाली चाडपर्वहरुको यो मौसम उपयोग गर्न चाहान्छु ।
प्रवासी मित्रहरु ! कुनै पनि मुलकको उन्नति गर्ने र इज्जत वढाउँने काम संवन्धित देशमा राजनीति गर्ने राज नेताहरुको हो । नेपालको राजनीति सप्रन नसकेको कुरा तपाँईहरुलाईनै अवगत छ । राजनीति विग्रेपछि अरु कुनै पनि नीति सफल हुन नसक्ने तथ्य जगजाहेर नै छ ।देशको मूल कानून संविधानसम्म पनि लेखिन सकेको छैन । मुलुक असफल राष्टृ घोषित हुन आँटदा पनि हाम्रा नेता महोदयहरु प्राचिन रोमको वादशाह निरोले रोम शहर जल्दै गर्दा वाँसुरी बजाएर आनन्द लिईरहेको जस्तो गर्दैछन् ।
सरकारले घोषणा गरेको निर्वाचन सम्पन्न गर्न सकेन । अर्को निर्वाचनको मिति तोक्न दलहरुको विचमा सहमति बन्न नसकेको अवस्था रहेको छ । निर्वाचन आयोगमा आयुक्त पदहरु खाली छन् । सर्वोच्च अदालतमा पनि न्यायधिशहरुको पदावधि समाप्त हुँदै छ । निर्वाचनको निम्ति आवश्यक पर्ने ऐनकानुनहरु निर्माण र परिमार्जन गर्नको लागि संसद नरहेको अवस्था छ । लोकतन्त्र नियन्त्रण र सन्तुलनको आधारमा परिचालित हुने राजनीतिक पद्घति हो तर वर्तमान नेपालमा सरकारमाथि अंकुश लगाउँने कुनै पनि वैधानिक संस्थाको अस्तित्व रहेको छैन । अलंकारिक राष्टृपतिको आदेश मान्न सरकारले जरुरी छैन भन्ने गर्छ ।
अर्का तर्फ तपाँई हामीहरुलाई संघियताको जंजालमा फँसाएर एकल जातीय पहिचानको आधारमा हाम्रो गौरवशाली मात्रृभूमिलाई संघिय टुक्राहरुमा विभाजित गर्नै कुत्सित मनशाय राखेर स.विधान वन्न नदिन राजनताहरुलाई सत्वुद्घि प्राप्त होस् भन्ने पनि कामना गर्द छु । साथै संघियता नै सम्पूर्ण शोषण,दमन र उपिडनको विरुद्घ रामवाण नै हो भन्ठान्ने सोँचाई राख्नुहुने मित्रहरुलाई पनि त्यस्तो भ्रममा नपर्न आग्रह गर्दछु । संघियता मुलुकको वस्तुगत आवश्यकता अनुरुप हुनुपर्ने र जातीयता त समाज विकासको क्रममा उत्पत्ति भएको एउटा भ्रमवाल मात्र हौ भन्ने तथ्यप्रति यहाँहरुको ध्यानाकर्षण गराउँन चाहान्छु ।
यो अवसरमा आमा दिदीवहिनीहरु प्रति हार्दिक शुभकामना र सम्मान व्यक्त गर्दै तपाँईहरुको महिला मुक्ति पनि आधा आकाशमा पुगेर अल्मलिएको तथ्य अवगत गराउँन चाहान्छु । आधा आकाशमा पुगेर अल्मलिने यान कुनै ग्रहमा पनि पुग्न सक्दैन । दलित,उत्पिडित र अल्पसंख्यक समुदायका महिलाहरुको मुक्ति सम्भ्रान्त परिवारका महिला नेत्रृहरुवाट कदापि संभव हुदैन । हुने खाने वर्गका महिलाहरु स्वर्ग नर्क र भगवानको भरोसामा वाँचेका हुन्छन् । उनीहरुले तपाँईहरुलाई नदी पारी पुरयाउँन सक्दैनन् ।
एक दिनमा करिव १२ सय युवाहरु हवाईजहाज चढेर नेपालवाट विदेश जाने गर्छन् । यो तथ्याङ्कले नेपाल मुलत मासपेशी निर्यात गर्ने मुलुकमा रुपान्तरित हुन पुगेको तथ्य बोध गराँउछ । लोकतन्त्र र आर्थिक उन्नतिको निम्ति यति धेरै युद्ध लडिसकेका नेपालीहरु रोटीरोजीको निम्ति विदेशीनु पर्ने अवस्था निश्चय नै दयनिय नै मान्नु पर्ने हुन्छ । विदेशमा असजिलो भोग्दै आफनो पेशा व्यवशाय गर्दै आउँनु भएका मित्रहरुमा देशप्रतिको प्रेमभाव र आर्थिक समाजिक अवस्था प्रति संवेदनशिलता वृद्धि हुन सकोस् भन्ने पनि यो शुभकामना सन्देशको मनसाय रहेको छ ।
अन्त्यमा, यी महान पर्वहरुले हाम्रा सम्पुर्ण प्रवाशी साथीहरुमा सुख समृद्धि र शान्ति ल्याओस् भन्ने सदिक्षा प्रकट गर्दै म आफु ओझेल पर्ने अनुमति माग्दछु । धन्यवाद !