काठमाडौंको काष्ठमण्डपमा अञ्जली मास्केले दिदीबहिनी नभएका तथा दिदीबहिनीबाट टाढा रहेका दाजुभाइहरुलाई टीका लगाई दिइन्

काठमाडौं  । अघिल्ला वर्षहरुमा भैंm यसपटक पनि काठमाडौंको काष्ठमण्डपमा अञ्जली मास्केले दिदीबहिनी नभएका तथा दिदीबहिनीबाट टाढा रहेका दाजुभाइहरुलाई टीका लगाई दिइन् । अञ्जली दिदीको नामबाट परिचिति उनले २ सय भन्दा बढी दाजुभाइलाई सामुहिक रुपमा भाईटीका लगाइ दिएकी हुन् ।


अञ्जली दिदीको हातबाट विगत १५ वर्षदेखि टीका लगाउदै आएकाहरु पनि टीका थाप्न पुगेका थिए । दिदीबहिनी नभएका दाजुभाईहरुले खाली निधार राख्न नपरोस् भन्ने उद्धेश्यले आपूmले यसरी सामूहिक टीका लगाउँदै आएको अञ्जली दिदीले बताइन् ।



अञ्जली दिदीको हातबाट टीका लगाउन देशका विभिन्न भागबाट दाजुभाई राजधानी आउने गरेका छन् । स्वदेशी मात्र नभएर विदेशी दाजुभाइ समेतलाई टीका लगाउन पाएकोमा आफू खुसी भएको अञ्जली दिदीले बताइन् ।

 

– RSS