तिहारको अन्तिम दिन बिहीबार देश तथा विदेशमा नेपाली दिदीबहिनीले आफ्ना दाजुभाइको सुख, समृद्धि एवम् दीर्घायुको कामनाका साथ भाइटीका लगाए । भाइटीकाका लागि शुभसाइत बिहान ११ बजेर २३ मिनेटमा सुरु भएको थियो । नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्यसचिव सूर्यप्रसाद ढुङ्गेलले भाइटीकाका दिन दिनभर टीका लगाउन सकिने बताए ।
भाइटीका अगाडि दिदीबहिनीले धार्मिक विधिअनुसार मण्डप बनाई अष्टचिरञ्जीवीको पूजाका साथ त्यसमा कहिल्यै नसुक्ने तेलको घेरा लगाउने यमराजको प्रार्थनास्वरूप