एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले निकै सशक्त झापड खाए, झापड हान्नेलाई मुक्त गर्न पृथ्वी राजमार्ग अवरुद्ध


– एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई एक सर्वसाधारणले झापड हानेका छन्। पार्टीले भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा आएका बाग्लुङका पदम कुँवरले हात मिलाइसकेपछि दाहालमाथि झापड प्रहार गरेका हुन्। हात मिलाउन लाइनमार्फत् मञ्चमा पुगेर उनले झापड हानेका हुन्।



 

काठमाडौं । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि आज हातपात भएको छ । एमाओवादीले भृकुटीमण्डमा आयोजना गरेको चियापान कार्यक्रममा बाग्लुङका २५ वर्षीय पदम कुँवरले प्रचण्डको गालामा झापड हानेका हुन् ।

 

झापड खाएपछि दाहालको अनुहार मलिन बनेको थियो। कुँवरले निकै सशक्त झापड हानेका कारण अध्यक्ष दाहालको चस्मा फुटेको छ। चियापान कार्यक्रम लगभग सकिएर फर्कने बेलामा रातो ज्याकेट लगाएका युवाले प्रचण्डलाई थप्पड हानेका थिए ।

 


चियापान कार्यक्रम चलिरहेको वेला मञ्चमा पुगेका कुँवरले प्रचण्डसंग हात मिलाएपछि झापड हानेका थिए । झापड हान्ने युवालाई एमाओवादीका कार्यकर्ता र प्रचण्डको सुरक्षामा रहेका माओवादी पूर्व लडाकुहरुले नराम्रोसँग कुटपिट गरेका थिए ।

 

कुटाईबाट कुँवरको मुख र अनुहारबाट रगत बगेको थियो भने उनको ओंठ र अनुहार सुनिएको छ । पछि प्रहरीले माओवादी कार्यकर्ताको पकडबाट कुँवरलाई फुत्काएर जोगाउँदै बाहिर निकालेको थियो ।

 

महेन्द्र पुलिस क्लवमा प्रारम्भिक वयान लिइएपछि उनलाई उपचारका लागि अस्पताल लगिएको छ ।

 

यसैबीच, प्रचण्डलाई झापड हान्ने युवालाई प्रहरी नियन्त्रणबाट मुक्त गर्न र उनीमाथि कुनै कारबाही नगर्न माग गर्दै धादिङको वैरेनीमा अहिले पृथ्वी राजमार्ग अवरुद्ध गरिएको छ ।

 

दशंै, तिहार, नेपाल सम्बत र छठ पर्वको अबसरमा एमाओवादीले चियापान भृकुटी मण्डपमा चियापान कार्यक्रम आयोजना गरेका थियो । चियापानमा राजनीतिक दलका नेता, कार्यकर्ता, कूटनीतिज्ञहरु, ब्यावसायी, पत्रकार र सवसधारणको सहभागिता रहेको थियो ।

 

अध्यक्ष दाहालमाथि आक्रणम भएपछि भृकुटीमण्डपमा प्रहरीको उपस्थिति बाक्लो पारिएको थियो । चियापानमा सर्वसाधारणको उपस्थिति न्युन भए पनि चियापान चलिरहेको थियो ।