शोभाखर पन्थी
देशभरि परिवारका सदस्य र आफन्तजनहरु एकै ठाउँमा बसेर तिहारको भाइटीका मनाइरहँदा नेकपा (एमाले) अर्घाखाँचीका नेता तथा कार्यकर्ताहरुले भने जिल्ला प्रहरी कार्यालयमा पुगेर भाइटीका मनाएका छन् ।
माओवादीका नेता तथा कार्यकर्तामाथि कुटपिट गरेको आरोपमा थुनामा रहेका हंसपुर-७ का जित बहादुर खड्का र प्रेम बहादुर रेग्मीलाई भाइटीका लगाउनको लागि अनेमसंघ, जिल्ला समिति, अर्घाखाँचीद्वारा आयोजना गरिएको कार्यक्रममा एमाले राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य नरेन्द्र कुमार क्षत्री, जिल्ला उपाध्यक्ष जनार्दन खनाल, सचिव दल बहादुर भट्टराई, सचिवालय सदस्यहरु बुद्धि बहादुर रायमाझी, प्रेम नारायण गैरे, सरोज भुसाल, राम चन्द्र पोख्रेल, युवराज श्रेष्ठ, जिल्ला कमिटी सदस्यहरु प्रमिला क्षत्री, सुशीला गैरे, लिलावती भट्टराई, अनेमसंघका केन्द्रीय सदस्य बिजुला रायमाझी, एमाले प्रचार विभागका अञ्चल सदस्य हिम बहादुर जि.सी.”लेकाली” लगायतका नेता कार्यकर्ताहरु जिल्ला प्रहरी कार्यालयमा पुगेर आफ्नो पार्टीका थुनुवा कार्यकर्तासंग दीपावलीको शुभ कामना आदान प्रदान गरी भाइटीका मनाएका थिए ।
कार्यक्रममा अनेमसंघका जिल्ला अध्यक्ष विष्णु आचार्य, उपाध्यक्ष इन्दिरा आचार्य, सहसचिव दीपा आचार्य लगायतका महिला नेतृहरुले बन्दीहरुलाई सप्तरङ्गी टीका र माला लगाई सगुन खुवाएका थिए ।
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।