बाल शोषण सम्बन्धी बिबिसिले प्रशारण गरेको रिपोर्टमा मुछिएका पुर्व राजनीतिज्ञ लर्ड म्याकल्पाईनलाई बीबीसीले १ लाख ८५ हजार स्टर्लीङ पाउण्डभन्दा बढी क्षतीपुर्ती दिने भएको छ ।
बीबीसीको कार्यक्रम न्युजनाईटमा प्रशारण गरिएको बाल शोषण सम्बन्धी एउटा रिपोर्टमा निर्दोश व्यक्ती लर्ड म्याकल्पाईन मुछिएपछि उनले मुद्दा दायर गरेका थिए । म्याकल्पाईनको मुद्दामा बीबीसी कमजोर देखिएपछि उसले १ लाख ८५ हजार पाउण्ड क्षतीपुर्ती र अन्य खर्च व्यहोर्ने भएको हो ।
यही काण्डमा बीबीसीका महानिर्देशक जर्ज एन्टविसल लगायतका बरीष्ठ अधिकारीहरुले राजिनामा दिएका छन भने केहीलाई निलम्बन गरिएको छ । रिपोर्ट प्रशारण भएको १३ दिनपछि बीबीसी र म्याकल्पाईन सहमतीमा पुगेका हुन् ।
बीबीसीसँगको काण्ड सहमतिमा पुगेपछि म्याकल्पाईनले अब अफ्नो चरीत्र हत्या गर्ने अन्य सामाजिक संस्था फेसबुक र ट्विटरका केही हाई प्रोफाईल प्रयोगकर्ता विरुद्ध मुद्दा दायर गर्ने तयारी गरेका छन् ।
बीबीसीले न्युजनाईट कार्यक्रममा प्रशारण गरेको रिपोर्टमा उत्तरी वेल्सको एउटा बाल स्याहार केन्द्रमा शोषण हुनेगरेको खुलाशा गरीएको थियो । उक्त रिपोर्टमा म्याकल्पाईनको नाम नतोकेपनि बीबीसीका ईन्टरनेट साईटहरुमा भने म्याकल्पाईनको नाम समावेश गरिएको थियो ।
– RSS