प्रचण्डमाथि सार्वजनिक कार्यक्रममै झापड हान्ने पदम कुँवर बाग्लुङको राजकोट गाउं विकास समिति वडा नम्बर २ का वासिन्दा हुन् । राजनीतिक रुपमा कुँवरको परिवार नै माओवादी रहेको पुष्टी भएको छ । पदम कुँवर स्वयं माओवादीको युवा संगठन वाईसीएलको गाउं कमिटीका अध्यक्ष रहिसकेका हुन् ।
गत असारमा एकीकृत माओवादी विभाजन भएपछि यिनी नव गठित नेकपा माओवादीतर्फ लागेका हुन् भने अहिले उनी जनस्वयं सेवक ब्युरो बाग्लुङका सदस्य रहेका छन् । पदमका बुवा प्रेमबहादुर एकीकृत माओवादीको जिल्ला नेता थिए भने अहिले उनी नेकपा