काठमाडौं । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि सार्वजनिक कार्यक्रममा नै थप्पड प्रहार भएको घटनाको छानविन गर्न सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) नवराज ढकालको संयोजकत्वमा छानविन समिति गठन गरेको छ ।
महानगरी प्रहरी आयुक्तको कार्यालल प्रमुख ढकाल नेतृत्वको समितिमा अपराध अनुसन्धान ब्यूरोका प्रहरी नायव महानिरीक्षक केशबहादुर शाही महानगरीय अपराध महाशाखाका बरिष्ठ उपरीक्षक देवेन्द्र सुवेदी सदस्य रहनु भएको छ । समितिलाई एक साताको समय दिइएको गृह मन्त्रालयले जनाएको छ ।
यस्तै अति विशिष्ट तथा विशिष्ट व्यक्तिहरुको विश्वसनीय उवं भरपर्दो सुरक्षा व्यवस्था मिलाउन अपनाउनु पर्ने कार्यविधी बनाउन सहसचिव शंकर कोइरालाको संयोजकत्वमा अर्को समिति गठन भएको छ । ५ सदस्यीय समितिमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका उच्च अधिकृत सदस्य छन् । समितिलाई ३ साताको समय दिइएको छ ।
गृह मन्त्रालयले विज्ञप्ती निकालेर घटनाप्रति दुःख समेत व्यक्त गरेको छ । माओवादी अध्यक्ष प्रचण्डमाथि पार्टीले आयोजना गरेको चियापानमा बाग्लुङका पदम कुवँरले थप्पड हानेका हुन् ।
– RSS