कांग्रेस-एमालेलगायतका विपक्षी दलहरूद्धारा नागरिक समाजसँग अन्तर्क्रिया

काठमाडौं – राजनीतिक गतिरोध र संवैधानिक संकट निकासका लागि आन्दोलनमा उत्रिएका कांग्रेस-एमालेलगायतका विपक्षी दलहरूले शनिबार नागरिक समाजसँग अन्तर्क्रिया गर्ने भएका छन् । शान्तिपूर्ण आन्दोलनकै कार्यक्रमअन्तर्गत उनीहरूले एमाओवादी र सरकारको रबैयाबारे जानकारी गराउँदै आफ्ना धारणा नागरिक समाजसँग राख्न लागेका हुन् ।


कांग्रेस केन्द्रीय कार्यालयमा दिउँसो एक बजे अन्तर्क्रिया गर्ने कार्यक्रमा छ । अन्तक्रिर्याका लागि प्रमुख पार्टीहरूले तयारी तीव्र बनाएका छन् । उनीहरूले आन्दोलनका कार्यक्रमहरू सफल बनाउन आ-आफ्ना पार्टी पंक्तिलाई निर्देशन दिएका छन् ।


यसैबीच एमाले उपत्यका विशेष समन्वय समितिले अन्तक्रिर्या सफल बनाउन शुक्रबारको बैठकबाट कार्यकर्तालाईर् निर्देशन दिएको छ । समन्वय समिति बैठकलाई सम्बोधन गर्दै एमाले सचिव युवराज ज्ञवालीले सम्पूर्ण शक्ति आन्दोलनमा केन्दि्रत हुने बताए । ‘यो आन्दोलन सम्पूर्ण नेपालीको चुनौती हो,’ उनले भने, ‘आन्दोलन कमजोर भएमा लोकतन्त्रमाथि खतरा हुन्छ, त्यसैले घोषित आन्दोलनलाई सशक्त र प्रभावकारी बनाउन सम्पूर्ण पार्टी पंक्ति सक्रिय हुनुपर्छ ।’


उनले लोकतन्त्रवादी, न्यायप्रेमी जनसमुदाय संघर्षमा सहभागी हुन पनि आह्वान गरे । विपक्षी दलहरूले राष्ट्रिय सहमतिका लागि भन्दै सरकारविरुद्घ एकमहिने आन्दोलन कार्यक्रम घोषणा गरेका छन् । त्यसको पहिलो कार्यक्रम शनिबारबाट सुरु हुन लागेको हो । मंसिर ८ गते १ बजे राष्ट्रियसभा गृहमा उद्योग व्यवसायी र अर्थविद्हरूसँग अन्तक्रिर्या र त्यसपछि आमसभाहरूमा केन्दि्रत हुने दलहरूको कार्यक्रम छ ।

 

– RSS