पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि दबाब दिन भनी थालिएको रिले अनशन स्थगित

पोखरा  । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि दबाब दिन भनी थालिएको रिले अनशन स्थगित भएको छ । विमानस्थल निर्माण सम्बन्धी नागरिक सरोकार समितिले थप शसक्त आन्दोलनको तयारी गर्न अनशन स्थगित गरिएको जनाएको छ ।


पोखरामा अन्र्तरािष्ट्रय विमानस्थल बनाउन दबाब दिंदै नागरिक सरोकार समितिले हवाई उडान बन्दसम्मका जस्ता कार्यक्रमहरु गरेको थियो ।
  – RSS