नेकपा-माओवादीका प्रमुख मोहन वैद्यद्धारा ४ दलको सहमतिमा मात्र संविधान जारी गरिए त्यसलाई च्यात्ने चेतावनी

ललितपुर । नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्य किरणले ठूला ४ दलको सहमतिमा मात्र संविधान जारी गरिए त्यसलाई च्यात्ने चेतावनी दिएका छन् । नेपाल सम्वत्को अवसरमा ललितपुरमा भएको तुच्चा कार्यक्रममा नेता वैद्यले एकीकृत माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले र मधेशी मोर्चालाई संघीयता विरोधीको संज्ञा दिए ।


बैद्यले मुख्य ४ दलले जनताको एजेण्डासमेत छाडिसकेकाले उनीहरुको मात्र सहमतिमा बनाईने संविधान अश्विकार गरिने बताए ।
 
संविधानसभाको निर्वाचनले जनताको पक्षमा सही परिणाम नआउने र देशले निकास नपाउने पनि नेता वैद्यको भनाइ थियो ।


कार्यक्रममा माओवादी प्रवक्ता पम्फा भुसालले १२ बुँदे सहमतिको औचित्य समाप्त भएकाले नयाँ राजनीतिक सहमतिका साथ अघि बढ्नुपर्नेमा जोड दिइन् ।

 

– RSS