इजरायल – प्यालेष्टाइनी हमासबीच भिषण युद्द जारी


इजरायलले गाजामा रहेको प्यालेष्टाइनी लडाकु समूह हमासका नेताको मूख्यालयलाई लक्षित गरि हवाई आक्रमण गरेको छ । आक्रमणबाट निकै क्षति पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

 

यता जेरुसलेमलाई लक्षित गरी हमासले रकेट आक्रमण गरेपछि इजरायलले आफ्ना ७५ हजार सैनिकलाई तयारी अवस्थामा राखेको छ । गत बुधबार इजरायली आक्रमणमा हमासका सैनिक प्रमुख मारिएपछि शुरु भएको भीडन्तमा ३ इजरेली र ३० प्यालेस्टिनी मारिइसकेका छन् । इजरायलले गाजा क्षेत्रका घरहरुमा हवाई आक्रमण गरेको छ ।

 

हमासले दशकौंपछि जेरुसलेमलाई लक्षित गरी रकेट आक्रमण गरेपछि इजरायलको सहयोगी राष्ट्र अमेरिका समेत क्रुद्ध बनेको छ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई टेलिफोन गरी प्रतिरक्षा गर्ने इजरायलको अधिकारमा साथ दिइरहने प्रतिबद्धता दोहो