काठमाडौं । विपक्षी दलहरुले चर्को बिरोध गरेपछि सरकार पूर्ण बजेटबाट पछि हटेको छ । राष्ट्रपति कार्यालय शितल निवासमा चार दलका प्रमुख र राष्ट्रपति रामबरण यादवबीच भएको छलफलपछि उपप्रधानमन्त्री एवं मधेशी मोर्चाका संयोजक विजयकुमार गच्छदारले पूर्ण बजेटको संभावना नरहेको बताउनुभयो । उहाँले सहमति नभई पूर्ण बजेट नआउने स्पष्ट पार्नुभयो ।
एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिले सकेसम्म सहमति गरेर पुर्ण बजेट ल्याउन सुझाव दिनुभएको जानकारी दिनुभयो । राष्ट्रपतिसंगको भेटमा सहमतिको सरकार बनाउनेबारे पनि छलपल भएको थियो । भेटमा नेताहरुले सहमतिका लागी प्रयास भैरहेको बताएका थिए । सहमति गर्नका लागी अझै १० दिन लाग्ने जानकारी आफुहरुले राष्ट्रपतिलाई दिएको प्रचण्डले बताउनुभयो ।
एमाले अध्यक्ष झलनाथ खनाल र कांग्रेस सभापति सुशील कोइरालाले संविधानसभाको निर्वाचनमा जानुको बिकल्प नरहेको भन्दै त्यसका लागी सहमतिको सरकार अपरिहार्य रहेको बताउनुभयो । सहमतिको सरकार बनेपछी मात्रै बजेट ल्याउनुपर्ने उहाहरुको भनाई छ । प्रधानमन्त्री बाबुराम भट्टराइले नैतीक्तको आधारमा पनि सरकार छोड्नुपर्ने उनिहरुको माग छ ।
– RSS