प्रचण्डलाई थप्पड हान्नु जनताको आक्रोश नभई आवेग मात्र भएको कांग्रेस शेरबहादुर देउवाको भनाइ

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई थप्पड हान्नु जनताको आक्रोश नभई आवेग मात्र भएको बताउनुभएको छ ।

 

एक जनाले आवेगमा आएर थप्पड हानेको घटनालाई जनताको आक्रोश भन्न नमिल्ने भन्दै उहाँले घटनाको भत्सर्नासमेत गर्नुभयो । कैलालीको धनगढीमा पत्रकारहरुसँग उहाँले आफूहरुको आन्दोलनले बाबुराम भट्टराईलाई सरकार छाड्न बाध्य पार्ने बताउनुभयो ।

 

अरु दलसँग छलफल नै नगरी प्रधानमन्त्री भट्टराईले एकलौटी रुपमा निर्वाचन घोषणा गरेकाले अहिलेको समस्या आएको उहाँले बताउनुभयो । भट्टराई नेतृत्वकै सरकारलाई सहमतिको स्वरुप दिउ भन्ने एमाओवादीको प्रस्ताव आफूहरुलाई मान्य नहुने उहााको भनाइ थियो ।

 

माओवादीका कारण दलहरुबीच सहमति हुन नसकेको भन्दै उहाँले सहमतीय सरकार नबनेसम्म बजेट नआउने दावी गर्नुभयो । वर्तमान राजनीतिक अन्यौलको समाधानको बाटो संविधानसभा पुर्नस्थापना नै हुने उहाँको जिकीर थियो । यद्यपि, कांग्रेसले भने पुनस्र्थापनको बाटो बन्द गर्दै चुनावमै जानुपर्ने निष्कर्ष निकालिसकेको छ ।

 

– RSS