काठमाडौं । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सार्वजनिक कार्यक्रममा झापड हान्ने पदम कुँवरलाई प्रहरीले अनुसन्धानका लागि सात दिन थुन्ने अनुमति लिएको छ ।
कुँवर विरुद्ध केही सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्धा चलाउने तयारी गरेको प्रहरीले आज ७ दिनको म्याद लिएको हो ।
सोही प्रकरणमा जोडेर प्रहरीले कुँवरका भिनाजु भीम भारतीलाई समेत पक्राउ गरेको छ ।
भारतीलाई किन पक्राउ गरिएको हो भन्ने चाँही प्रहरीले खुलाएको छैन । गत शुक्रबार काठमाडौंको भृकुटीमण्डमा आयोजित चियापान कार्यक्रममा कुँवरले मञ्चमै पुगेर प्रचण्डको गालामा झापड हानेका थिए ।
RSS
– RSS