– उमाकान्त पाण्डे गाउंले
अर्घाखाँची युथ सेवा अर्घाखाँचीको भेला सन्धिखर्कमा सम्पन्न भएको छ । सेवाका उपाध्यक्ष प्रदिप नेपालीको अध्यक्षतामा भएको भेलाले आगामी कार्ययोजना तयार पार्नुका साथै भेलाले आगामी वर्ष सागिंतिक कार्यक्रम सफल पार्न नफिस खानको संयोजकत्वमा समिति गठन गरेको छ ।
सह-संयोजकमा प्रदिप नेपाली र कामना रायमाझी,सचिवमा बिशाल पन्थी, सदस्य सचिवमा अमूत श्रेष्ठ र आर्थिक प्रमुखमा सुभास क्षेत्री लाई जिम्मा दिएको छ ।
सदस्यहरुमा क्रमश: आकास भुसाल , दोविन भुसाल , सुदन खनाल , विश्व वन्दु खनाल , रजित भुसाल, श्रूजना के.सी, पुजा भुसाल, हिमाल महत्त ,सपना श्रेष्ठ , स्वदेश श्रेष्ठ, दर्शना भुसाल , प्रकाश श्रेष्ठ , सलिम हुसेन रहेका छन ।
साथै आगामी बैठकमा केहि सदस्य थप गरिने जनाइएको छ। नफीस खानको स्वागत मन्तव्य बाट शुरु उत्त भेलाको सञ्चालन कोषाध्यक्ष सुभास क्षेत्रीले गरेका थिए ।
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।