कांग्रेस शेरवहादुर देउवाको सार्वजनिक कार्यक्रमलाई डडेल्धुराका कार्यकर्ताहरुद्धारा बहिष्कार

डडेल्धुरा । नेपाली कांग्रेसका वरिष्ठ नेता शेरवहादुर देउवाले सम्बोधन गरेको सार्वजनिक कार्यक्रमलाई डडेल्धुराका पूर्वकांग्रेस सभापतिसहित पुराना कार्यकर्ताहरुले बहिष्कार गरेका छन् । पार्टीको आन्तरिक विवादका कारण पूर्वसभापति रघुबर भट्ट लगायतका २ दर्जन नेताहरुले आज डडेल्धुरा सदरमुकाममा कांग्रेसद्धारा आयोजित आमसभा बहिष्कार गरेका हुन् ।


कार्यकर्ताहरुको बहिष्कारका बीच सभालाई सम्बोधन गर्दै नेता देउवाले अब सहमतीय सरकारको नेतृत्व कांग्रेसले गर्ने बताए ।


देउवाले वर्तमान सरकार नहटेसम्म देशमा शान्ति पनि नहुने र संबिधान पनि नबन्ने ठोकुवा गरे ।

 

– RSS