लमजुङ । सुख्खायामको शुरुवातसंगै मध्यमस्र्याङ्दी जलविद्युत आयोजनावाट २० मेगावाट विद्युत उत्पादन घटेको छ ।
मस्यांङदी नदीमा पानीको वहाव कम हुन थालेपछि ७० मेगावाट क्षमताको मध्यमस्र्याङदी जलविद्युत केन्द्रवाट २० मेगावाटका दरले विद्युत उत्पादनमा ह्रास आइरहेको आयोजनाले जनाएको छ ।
हाल यो आयोजनाबाट ५० मेगावाट मात्रै विद्युत उत्पादन भैरहेको छ ।
विहान वेलुकीको केही समय पुरै क्षमतामा विद्युत उत्पादन भईरहेपनि दिउंसो र रातीको समयमा ५० मेगावाटमात्रै विद्युत उत्पादन भईरहेको मध्यमस्र्याङदी जलविद्युत केन्द्रका प्रमुख रामकुमार यादवले जानकारी दिनुभयो । नदीमा पानीको बहाव कम हुंदै गएकाले विद्युत उत्पादन घट्दै जाने आयोजनाले जनाएको छ ।
– RSS