काठमाडौं । सरकारले बजेटसम्बन्धी अध्यादेश आजै राष्ट्रपति कार्यालयमा पेश गर्ने अन्तिम कसरत गरेको छ । आर्थिक अध्यादेशको मस्यौदालाई अन्तिम रुपम दिन आज विहान बसेको मन्त्रिपरिषदको वैठक तयारी नपुगेको भन्दै स्थगित भएको छ ।
सिंहदरवारमा विहान बसेको वैठकमा आर्थिक अध्यादेश बारे सामान्य छलफल भएको थियो ।
अध्यादेशबारे राष्ट्रपतिका सल्लाहकारहरुसंग छलफल गरी टुंगोमा पुग्नुपर्ने भएकाले दिउंसो १ बजेसम्मका लागि बैठक स्थगित भएको जनाईएको छ । सरकारले आजै दुई तृतीयांश बजेट ल्याउने सम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गर्ने तयारी गरेको छ ।
बजेटबारे राष्ट्रपति डाक्टर रामबरण यादव र एकीकृत माओवादी अध्यक्ष प्रचण्डबीच कुरा नमिलेकाले आज विहानको मन्त्रिपरिषद् वैठक स्थगित भएको स्रोतको दाबी छ । दुई तिहाई बजेटमा अघिल्लो आर्थिक बर्षकै कार्यक्रम तथा आयोजनाहरुलाई निरन्तरता दिईने अर्थमन्त्री बर्षमान पुनले जानकारी दिनुभयो ।
– RSS