अष्ट्रेलियामा प्रत्येक ८ जनामा एक जना मानिस गरिब रहेको नयाँ तथ्यांक सार्वजनिक भएको छ । न्यू साउथ वेल्स विश्वविद्यालयले तयार पारेको रिपोर्टले कुनै पनि विकसित मुलुकमा यस्तो गरिबीको तथ्यांक चिन्ताको विषय बनेको जनाइएको छ ।
गरिबी अध्ययनको क्रममा गरिबीको तुलनात्मक परिभाषाको प्रयोग गरिएको बताइएको छ । धेरै आम्दानी गर्ने ब्यक्तिहरु र कम आम्दानी गर्नेहरुसंग तुलना गरेर रिपोर्ट तयार पारिएको विश्वविद्यालयले जनाएको छ ।
औद्योगिक रुपबाट विकसित मुलुकहरुमा गरिबीलाई तुलनात्मक रुपबाट मापन गर्नु सामान्य मानिन्छ । अष्ट्रेलिया एक विकसित मुलुक भएपनि त्यहाँ बसोबास गर्ने गरिब जनता कुनै गरिब अफ्रिकी मुलुकका गरिब जनता सरह नरहेको समेत अध्ययनमा उल्लेख गरिएको छ ।