– विनोद गैरे
सन्धिखर्क, अर्घाखाँची। नेपाल पर्यटन खेलकुद संघको मुख्य आयोजना र अर्घाखाँची युवा परिसदको सह-आयोजकको भुमिकामा आगामी मंसिर १६ गते तदनुसार डिसेम्वर-१ तारिक शनिवारका दिन अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क स्थीत टुडिखेल मैदानमा अन्तराष्ट्रिय रेस्लिङ्ग महाभिडन्तले तात्दै छ ।
नेपालको इतिहासमै पहिलो पटक हुन गईरहेको यस अन्तराष्ट्रिय रेस्लिङ्ग महाभिडन्तलाई देश भरि अत्यान्तै महत्वका साथ लिइएको आयोजकको दावी छ । रेस्लिङ्गलाई सधैजसो टेलिभिजको पर्दामा हेर्दै उत्साह प्रकट गर्ने तमाम ले आफ्नै आखाँ अगाडी प्रतक्ष रेस्लिङ्गलाई अवलोकन गर्न पाउने भयौं भन्दै विधार्थी,शिक्षक,राजनितिज्ञ,समाजसेवी तथा आम जनसमुदायले विभिन्न कोण वाट मुल्याङ्कन गर्दै प्रतिकृया दिएको आजकल अर्घाखाँचीमा छ्यासछ्यासी सुन्न पाईन्छ । चिया पसलमा चियाको चुस्की संगै , सवारी साधनमा यात्राको दैरानमा , सार्बजनिक चौतारोमा , विद्याथीहरु विद्यालय जादा आउदा तथा २ वा २ भन्दा धेरैजना भेला भएको स्थानमा आजभोली टुपुक्क आफुपनि त्यस स्थानमा पुगियो भने अरु भन्दा उल्लेखिय मात्रामा रेस्लिङ्गकै कुरालाई बढि चासोलिएर गफ गाफ गरेको सुन्न पाईन्छ । यसरी पनि यो रेस्लिङ्गले पूर्ण रुपमा सफलता पाउन सक्छ भन्ने अड्कल काट्न सकिन्छ ।
उता अस्ट्रेलियाका सुपरस्टार हार्टली ज्याको ज्याक्सन र नेपालका एक मात्र अन्तराष्ट्रिय रेस्लर दि भरत बहादुर विशुराल (हिमालयन टाइगर) विच मुख्य महाभिडन्त हुने हुदा पनि यो कार्यक्रममा उल्लेखिय सहभागिता हुने अड्कल काट्न सकिन्छ । साथै भिडन्तमा जित्ने खेलाडीलाई संघको नाममा स्थापना गरिएको च्याम्पियनसीप टाईटल वेल्ट उपाधीका साथ नगद दुई लाख रुपैया प्रदान गर्ने पनि आयोजकले जानकारी दिएको छ । नेपालकी पहिलो महिला रेस्लर भगवति खड्का (युनिका) अमेरिकाको चिकागोवाट आउने द ग्रेट चेन्ने आल्माका साथ महाभिडन्त हने हुदा अधिकाम्स महिलाको आत्म वल बढेको पनि सुन्न पाईन्छ , महिला भएर पनि बिश्वको सबैभन्दा खतरनाक खेल खेल्न सक्दा रहेछन् हामी किन पछि पर्ने जस्ता महिलाले प्रतिकृया र नेपालकी महिला रेस्लर भगवति खड्काको नाम सबैजसो महिला साथै विद्याथीको मुखवाट सुन्न पाउदा कार्यक्रममा उल्लेखिय सहभागिता हुने महसुस गरिएको छ ।
कार्यक्रममा हास्यकलाकार मनोज गजुरेल आउने हुदा युवा पिडिको उल्लेखिय सहभागीता हुन सक्ने अनुमान सहजै लगाउन सकिन्छ ,त्यस्तै राष्ट्रिय गितकार जिवन शर्माको उपस्थितीले त झनै अर्घाखाँचीको मात्र होईन गुल्मि पाल्पा स्याङ्ग्जा प्यूठान वाग्लुङ्ग लगाएत धेरै पहाडी जिल्लाहरुवाट कार्यक्रममा उपस्थिती निकै वाक्लो रहने सबैले सहजै अनुमान लगाउन सकिन्छ । उता पर्यटन खेलकुद संघका अध्यक्ष पृथ्वी थापा साथै कोषाध्यक्ष रोका बहादुर तामाङ्गका अनुसार आफुहरु तयारीमा तिब्रताका साथ जुटिरहेको र सबै जसो ठाउँवाट आएका प्रतिकृया अनुसार कार्यक्रम भव्य र सानदारहुनेमा आफुहरु विशवस्थ रहेको जानकारी दिनुभएको छ ।
हालसम्मको माहोललाई हेर्दा १ सो वाट मात्र सम्भव नहुने र दोस्रो सोको लागी समयको म्यानेजमेन्ट प्रकृयामा लागेको कोषाध्यक्ष तामाङ्गले जानाकारी दिनु भएको छ । कार्यक्रममा विद्याथीहरुका लागी रु २०० र सर्बसाधारणका लागी रु ३००, रु ५००, रु १०००, रु २०००, रु ३००० र रु ५००० का टिकट वजारमा ल्याएको र अर्घाखाँचीमा आर्शिवाद स्टेसनरी एंण्ड स्पोट्स चुत्रावेसी आकासेपुल अगाडी , देउराली मोवाईल चुत्रावेसी वजार , भुसाल बुक्स चुत्रावेसी , सरिता आडियो भिडियो मिडिया चोक सन्धिखर्क , होटल एभरेष्ट बैंकरोड सन्धिखर्क , अर्घाखाँचीका ४२वटै गा.वि.स. लगाएत छिमेकी जिल्लाहरुमा पनि टिकट काउन्टर ब्यवस्था गरिएको अध्यक्ष थापा र कोषाध्यक्ष तामाङ्गले अर्घाखाँची डट् कम् लाई जानाकारी दिनुभयो ।
कुनै पनि जिज्ञासा भएमा आयोजकले ९८५१११९१२४ र ९८१८९५००१७ मा सम्पर्क राखी जिज्ञासा राख्न सक्ने पनि जानाकारी दिएको छ ।
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।