पाकिस्तानमा कुरान जलाएर धर्मको अपमान गरेको आरोपमा मुद्धा खेपिरहेकी १४ वर्षिया क्रिश्चियन किशोरी रिमशा मसीहको मुद्धा खारेज भएको छ । राजधानी इस्लामाबादस्थित उच्च न्यायालयले उक्त मुद्धा खारेज गरेको हो ।
रिमशालाई उनका छिमेकीहरुले कुरानका पाना जलाएको आरोप लगाएका थिए । न्यायालयको फैसलापछि रिमशाका वकिलले किशोरी पूरै निर्दोष रहेको र उनका छिमेकीहरुले कानुनको दुरुपयोग गर्न खोजेको प्रतिक्रिया दिएका छन् ।
रिमशा गत अगष्टमा पक्राउ परेकी थिइन् । कट्टरपन्थी मुश्लिमबाट हुन सक्ने सम्भावित खतरालाई ध्यानमा राखेर रिमशालाई कडा सुरक्षा व्यवस्थायुक्त कारागारमा राखिएको थियो ।
उनको परिवारलाई पनि मार्ने धम्की आएपछि उनीहरु सुरक्षित स्थानमा लुगेर बस्न बाध्य भएका थिए ।