अर्घाखाँची कोरिया संपर्क मञ्चद्धारा अस्पताललाई भौतिक साम्रगी सहयोग

– गणेश खनाल

 

सन्धिखर्क, अर्घाखाँची  । अर्घाखाँची कोरिया संपर्क मञ्चले जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीलाई भौतिक साम्रगी सहयोग गरेको छ । 

 


अर्घाखाँची जिल्ला अस्पताल विकास समितीका अध्यक्ष्ँलाई कोरिया मञ्चका पधाधिकारीले साम्रगी प्रदान गदै ।

 

मञ्चका उपाध्यक्ष धर्मराज पराजुलीले एक समाहरोका विच अस्पताल विकास समितीका अध्यक्ष भत्त बहादुर पुन जलनलाई बुधवार एक समाहरोका विच साम्रगी हस्तातरण गर्नु भएको हो ।

 

अपस्ताललाई ह्विल चियर दुई थान, पानी चीसो तातो बनाउने फिल्टर १ थान, ट्रली वक्स, बेड सहित र स्टेजर मञ्चले उपलव्ध गराएको छ । 



विदेशमा मेहनत गरेको पैसाको केही भाग जोगाई जिल्लाको विकास निर्माणमा सहयोग गदै आएको मञ्चका सचिव ठाकुर भुसालले बताउनुभयो । 



विगत ३ वर्षदेखी जिल्लाका सबै व्यत्ति जम्मा भई गठन गरिएको मञ्चले जिल्लाको विकास निर्माण सहयोग पुर्‍याउदै आएको जनाईएको छ । 



यस्तै गत महिना पनि जिल्लाकै एक व्यत्तिलाई उपचार खर्च नभएपछि ३५ हजार सहयोग गरेको मञ्चका कोषध्यक्ष गणेश थापाले बताउनुभयो ।



विदेश भूमीमा रहेर पनि जिल्लाको विकासमा सहयोग पुर्‍याएकोमा जिल्ला स्वास्थ्य कार्यलय अर्घाखाँचीका प्रमुख डा.यम बहादुर बस्नेतले धन्यवाद दिनुभएको थियो । 



यस्ता सहयोगी कार्यलाई आगामी दिनमा निरन्तरता दिदै जाने अर्घाखाँची कोरिया संपर्क मञ्चका अध्यक्ष कर्णजङ रायमाझीले अर्घाखाँची डट्कम् लाई जनाउनु भएको छ । 








Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.

अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।




अन्य समाचारहरु