गांजा क्षेत्रमा इजरायल र प्यालेष्टाइनले युद्धविरामको घोषणा गरेपनि बमबारी जारी

इजरायलले गांजा क्षेत्रमा स्थल आक्रमण बन्द गरेको घोषणा गरे पनि सो क्षेत्रमा भीषण बमबारी जारी रहेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । पछिल्लो ईजरेली आक्रमणमा परी कम्तिमा २० प्यालेष्टिनी मारिएका छन् । ईजिप्टको मध्यस्थतामा ईजरायलले मंगलबार युद्धविराम गरेको बताईए पनि पछि ईजरेली अधिकारीहरुले युद्धविराम घोषणा नभएको बताएका थिए ।

 

ईजरेली सैनिकहरुले मध्य गांजास्थित हमासको मुख्य दुईवटा भवनलाई केन्द्रित गरी आक्रमण गरिएको जनाएको छ । हमासले युद्धविरामको मौका छोपी आक्रमणको योजना बनाउन सक्ने भन्दै ईजरेलले युद्धविराम अश्वीकार गरेको ईजरेली अधिकारीहरुले जनाएका छन् ।

 

हमासले ईजरेलका विभिन्न ठेगानाहरुलाई लक्षित गरी रकेट आक्रमण गरेपछि ईजरेलले गांजामा हमासका लक्षित ठेगानाहरुमा ब्यापक आक्रमण जारी राखेको छ ।

 

आफ्नोतर्फ ब्यापक क्षति भएपछि हमासले ईजरेललाई युद्धविरामका लागि बाध्य पार्न ईजिप्टलगायतका मुलुकहरुसंग सहयोग मागेको थियो । प्यालेष्टाइनबीचको युद्धले साता नाघेपछि नयां चरणका वार्ताहरु मार्फत युद्धविराम गराउन पनि व्यापक पहल भएको थियो । राष्ट्रसंघका महासचिव बान कि मुनले अरब लीका प्रमुखसंग कायरोमा भेटवार्ता गरी गांजा संकटबारे छलफल गर्नुभएको थियो ।

 

Agencies