यमनमा सैनिक बिमान दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ ।
प्रशिक्षण उडानमा रहेको उक्त बिमानमा १० जना प्रशिक्षार्थी रहेको र उनीहरु सबैको मृत्यु भएको हो । बिमानको इन्जिनमा खराबी आउने बितिकै आपतकालीन अवतरण गराउने क्रममा बिमानले सन्तुलन गुमाउदा दुर्घटनाग्रस्त भएको बुझिएको छ ।
असन्तुलित बिमान राजधानी सानामा रहेको बजारमा खसेको थियो । बिमान खस्ने बितिकै आगलागी भएको र आगलागीका कारण बजारका केही पसलहरु जलेका छन् ।
– Agencies