काठमाडौं । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले आगामी वैशाखमा पनि संविधानसभाको निर्वाचन हुन नसक्ने बताउनु भएको छ ।
एमाले मूख्यालय बल्खुमा आयोजित कार्यक्रममा उहाँले बैशाखमा गर्ने भनिएको निर्वाचन पनि मंसिर ७ कै घोषणा झैं हुने ठोकुवा गर्नुभयो ।
निर्वाचनका लागि आवश्यक पर्ने संवैधानिक तथा कानूनी जटिलता नफुकाई एकलौटी रुपमा घोषणा गरिएको निर्वाचन हुनै नसक्ने खनालको भनाइ थियो । एमाले स्कुल विभागले संचालन गरेको प्रशिक्षण कार्यक्रम दस दिनसम्म चल्ने छ ।
– RSS