काठमाडौ – नेकपा एमाले पूर्व उपाध्यक्ष अशोक राईको अध्यक्षतामा एकल जातीय पहिचान पक्षधरहरुको ‘सङ्घीय समाजवादी पार्टी’ बिहीबार घोषणा भएको छ । राजधानीको नयाँबजारस्थित नेपा: ब्याङकेटमा पार्टी घोषणा गरिएको हो ।
नयाँ पार्टीमा एमाले छाडेका नेता कार्यकर्ताको बाहुल्यता छ भने कांग्रेसका पूर्व नेता दुर्गामणि देवानसहितका नेताहरुसमेत सहभागी छन् । ९८ सदस्यीय तदर्थ कार्यसमिति सहित बनेको पार्टीमा ८ जना उपाध्यक्ष, १ जना महासचिव, ३ जना उपमहासचिव र ५ जना सचिव छन् ।
पार्टी उपाध्यक्षहरुमा विजय सुव्वा, दुर्गामणी देवान, प्रेमकृष्ण पाठक, वीरवहादुर लामा, रकम चेम्जोङ, हेमराज राई, मोहम्मद रिजवान अन्सारी र गोपाल ठाकुर छन् । देवान बाहेक सातै जना उपाध्यक्ष एमाले छाडेका हुन् ।
राजेन्द्र श्रेष्ठ महासचिव चयन भएका छन् । तीन उपमहासचिवमा अजम्वर राई काङमाङ, राधा तिमिल्सिना र नोर्साङ लामा छन् । मिना गुरुङ, होरीलाल चौधरी, कर्णवहादुर वुढा मगर, रामसिं यादव र डीबी नेपाली सचिव छन् ।
राज्य पुनर्संरचनामा एमालेले बहुपहिचानका आधार सात प्रदेश हुनुपर्ने अडान राखेपछि त्यसबाट असन्तुष्ट राईलगायतका नेताहरुले पार्टी छाडेका थिए । उनीहरुले एकल जातीय पहिचानको आधारमा राज्यको पुनर्संरचना हुनुपर्ने अडान राख्दै आएका छन् । त्यसले मात्र मुलुकमा रहेको जातीय उत्पीडनलाई सम्बोधन गर्न सक्ने उनीहरुको दावी रहँदै आएको छ ।
यही सवाललाई लिएर कांग्रेसका असन्तुष्ट पूर्व सभासद् कुमार राई लगायत तथा जनजाति आन्दोलनका अगुवा बुद्धिजीविहरुसँग एउटै पार्टी निर्माणको लागि प्रयास गरेपनि मार्क्सबाद सिद्धान्तको रुपमा राख्ने कि नराख्ने भन्ने सम्बन्धमा कुरा नमिलेपछि राईको समुहले पार्टी घोषणा गरेको हो । कांग्रेसका राई र बुद्धिजीवि डा. चैतन्य सुब्बाको समुहले भने मार्क्सवाद सिद्धान्तको रुपमा स्वीकार गर्न नसकिने अडान राखेका थिए ।
तदर्थ समितिमा को को ?
१. अशोककुमार राई – अध्यक्ष
२. विजय सुव्वा – उपाध्यक्ष
३. दुर्गामणी देवान – उपाध्यक्ष
४. प्रेमकृष्ण पाठक – उपाध्यक्ष
५. वीरवहादुर लामा – उपाध्यक्ष
६. रकम चेम्जोङ – उपाध्यक्ष
७. हेमराज राई – उपाध्यक्ष
८. मोहम्मद रिजवान अनसारी – उपाध्यक्ष
९. गोपाल ठाकुर – उपाध्यक्ष
१०. राजेन्द्र श्रेष्ठ – महासचिव
११. अजम्वर राई काङमाङ – उपमहासचिव
१२. राधा तिमिल्सिना – उपमहासचिव
१३. नोर्साङ लामा – उपमहासचिव
१४. मिना गुरुङ – सचिव
१५. होरीलाल चौधरी – सचिव
१६. कर्णवहादुर वुढा मगर – सचिव
१७. रामसिं यादव – सचिव
१८. डि.वि. नेपाली – सचिव
१९. डा. मंगलसिद्धि मानन्धर – अध्यक्ष, केन्द्रीय सल्लाहकार समिति
२०. रणध्वज कन्दङ्वा – अध्यक्ष, केन्द्रीय अनुशासन समिति
२१. राजकुमार राई – अध्यक्ष, केन्द्रीय निर्वाचन समिति
२२. शुशिला श्रेष्ठ – अध्यक्ष, केन्द्रीय लेखापरीक्षण समिति
२३. मझिलाल थारु थनेत
२४. योगीलाल यादव
२५. आङ्काजी शेर्पा किसान
२६. सोनी लामा
२७. त्रिरत्न शाक्य
२८. हरि घिमिरे
२९. ललन राय
३०. धनप्रसाद तामाङ
३१. देवराज राई
३२. कृष्णवहादुर घःजु
३३. सानुराजा शाक्य
३४. सुवर्णमान डंगोल
३५. न्हुच्छेलाल महर्जन
३६. विजय राई
३७. अनिल मिश्र
३८. अञ्चल राई
३९. उर्मिला साह
४०. गणेशमान गुरुङ
४१. आर. सि. तुम्वा
४२. दुर्गामाया लिम्वु
४३. लालवहादुर तामाङ
४४. आङ्देण्डी शेर्पा
४५. डा. गणेश योञ्जन
४६. राज मोहम्मद अन्सारी
४७. भूराज राई
४८. मानप्रसाद लिम्वू
४९. शिवनारायण राना थारु
५०. मेम्वर ल्हो
५१. रामेन्द्र साह
५२. रमेश राई
५३. भाग्यनारायण राय यादव
५४. शान्तकुमार प्रधान
५५. भुपेन्द्र नेम्वाङ
५६. रामचन्द्र ढकाल
५७. जुद्ध ढाक्रे
५८. पूर्णवहादुर वस्नेत
५९. कृष्णकुमारी वाइवा
६०. वमवहादुर लामा
६१. भीम राई
६२. चन्द्रलाल केप्छाकी मगर
६३. मानवहादुर सारु मगर
६४. उत्तम लामा
६५. शाक्य सुरेन
६६. नहेन्द्र प्रधान
६७. सनवहादुर राई
६८. केशव उदाश
६९. पृथ्वीमान गुरुङ
७०. टेकवहादुर चेपाङ
७१. सुरेन्द्र थापा मगर
७२. हिमाल पुनः मगर
७३. नारदकुमार राई
७४. राजकुमार यादव
७५. रामसिं लामा
७६. कर्णवहादुर वुढा मगर
७७. रामसिं राई
७८. टेकरत्न चेम्जोङ
७९. रमेश प्रधान
८०. देवराज शर्मा
८१. लिला सिटौला
८२. चितनारायण यादव
८३. योगराज लिम्वु
८४. शिव न्यौपाने
८५. शम्भु चौधरी
८६. चन्द्रविक्रम राई
८७. शिवकुमार कापड
८८. रामरतन यादव
८९. राजकुमार मण्डल
९०. जीवन राना मगर
९१. नित्यानन्द ताजपुरीया
९२. दीपक याक्खा
९३. नवीन विश्वकर्मा
९४. रश्मिला प्रजापति
९५. पानवहादुर भुजेल
९६. मालती महत
९७. देवीरास गुरुङ