पाकिस्तानमा सक्रिय विद्रोही समूह तालिवानले मुम्बई आक्रमणका एकमात्र जीवित अभियुक्त अजमल कसाबलाई फाँसी दिइएकोमा भारतसँग बदला लिने चेतावनी दिएको छ ।
तालिवानको चेतावनी लगत्तै भारतले इस्लमावादस्थित आफ्नो दूतावासमा थप सुरक्षा माग गरेको छ ।
पाकिस्तानी तालिवानले कसावको शव फर्काउन माग गर्दै शव नपाए भारतमाथि कडा आक्रमण गरिने चेतावनी दिएको हो ।
तालिवान प्रवक्ता एहसानुल्लाह एहसानले अज्ञात स्थलबाट टेलिफोन गरी कसावलाई दिइएको मृत्युदण्डको बदला लिने चेतावनी दिएको भारतीय संचार माध्यमहरुले जनाएका छन् ।
– एजेन्सी