काठमाडौं । सरकारले हठात् चुनावको घोषणा गरेको र सहमतिका लागि प्रधानमन्त्री पद त्याग गर्न तयार नभएको भन्दै विपक्षी दलहरुले सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् । हिजो प्रधानमन्त्रीले राष्ट्रका नाममा गरेको सम्बोधनलाई सत्ता लम्ब्याइ राख्ने चालबाजी भन्दै नेपाली कांग्रेस, एमालेसहितका विपक्षी दलका शीर्ष नेताहरुले आन्दोलनबाटै सरकार ढाल्ने चेतावनी दिएका हुन् ।
राजधानीको भृकुटी मण्डपमा जारी विपक्षी दलका कार्यकर्ताहरुको भेलालाई सम्बोधन गर्दै कांग्रेस महामन्त्री प्रकाशमान सिंह लगायतका नेताहरुहरुले एकीकृत माओवादी अरु दलको भूमिकालाई बेवास्ता गर्दै सत्ता कब्जाको बाटोमा लागेको आरोप लगाए ।