काठमाडौं । क्यान्सरपीडित जिल्ला स्वास्थ्थ कार्यालय अर्घाखाँचीका पुर्व स्वास्थ प्रमुख डा. चित्र शर्मा वाग्लेलाई वीरगन्जका चिकित्सकले उपचारका लागि सहयोग गरेका छन् ।
मेडिकल एसोसिएसन अञ्चल शाखाले बिहीबार वाग्लेलाई ५० हजार सहयोग गरेको छ ।
एसोसिएसन सचिव डा. रामकिशोर राउतले वाग्लेको सहयोगार्थ खोलिएको राजधानीको भोटाहिटीस्थित राष्ट्रिय वाणिज्य बैंकको खाता नम्बर १३६००३००५११० मा बिहीबार उक्त रकम जम्मा गरिएको बताए ।
यसैगरी मन्त्रिपरिषदको आज बसेको वैठकले वाग्लेको उपचारको लागि ५ लाख रुपैया पेस्की सहयोग प्रदान गर्ने निर्णय गरेको छ। साथै वाग्लेको विहिबार मात्र सफलता पुर्वक अपेरेशन भएको थियो।
– RSS
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।