राष्ट्रपति यादवले सहमतिका आधारमा नयाँ प्रधानमन्त्री चयन गर्न दलहरुलाई गरेको आह्वानको विपक्षीहरुद्धारा स्वागत, सत्तापक्षमा अन्योल

काठमाडौं । राष्ट्रपति डा. रामवरण यादवले सहमतिका आधारमा नयाँ प्रधानमन्त्री चयन गर्न राजनीतिक दलहरुलाई गरेको आह्वानको विपक्षीहरुले स्वागत गरेका छन् ।

 

नेकपा-माओवादीले राष्ट्रपतिको कदमको स्वागत गरेको छ । माओवादी प्रवक्ता पम्फा भुसालले राष्ट्रपतिबाट आज भएको आह्वान बजेट स्वीकृत गर्नुभन्दा पहिले नै आइसक्नुपथ्र्यो भनिन् ।

त्यस्तै राष्ट्रिय जनशक्ति पार्टीका नेता डा. प्रकाशचन्द्र लोहनीले पनि राष्ट्रपतिको कदमको स्वागत गर्दै सात दिनभित्र सहमति नभए विघटित संविधान सभाका बहुमत दलको सिफारिसमा नयाँ प्रधानमन्त्री बनाउनु पर्ने बताए ।


राष्ट्रपतिको कदमको सत्ताधारी दलहरुले पनि स्वागत गरेका छन् । सत्तापक्षमा भने राष्ट्रपतिको आह्वानलाई कसरी लिने भन्ने अन्योल देखिएको छ ।


एकीकृत माओवादीको प्रवक्ता अग्नी सापकोटाले पार्टीमा छलफल गरेपछि मात्रै प्रतिक्रिया जनाउने बताए ।


त्यस्तै सरकारका प्रवक्ता एवं संचारमन्त्री राजकिशोर यादवले पनि भोलि सत्ता गठबन्धनको वैठकमा छलफल गरेपछि मात्रै आधिकारिक प्रतिक्रिया जनाउने जानकारी दिए ।


यता, बाबुराम सरकारका स्वास्थ्यमन्त्री राजेन्द्र महतोले भने राष्ट्रपतिको कदमको स्वागत गरेका छन् ।