पाकिस्तानमा मुहर्रम पर्वको क्रममा थुप्रैं शहरमा मोवाईल फोन सेवा बन्द, बम हमलाहरुमा ७ जनाको मृत्‍यु

पाकिस्तानमा मुहर्रम पर्वको क्रममा शिया र सुन्नी मुसलमानबीच दंगा हुनसक्ने आशंकामा थुप्रैं शहरमा मोवाईल फोन सेवा बन्द गरिएको छ ।

 

साथै मुहर्रम पर्वको क्रममा बम हमलाहरुमा कम्तिमा पनि ७ जनाको मृत्‍यु भएको छ।

 

बम विस्फोटनका घटनामा मोवाईल फोनको उपयोग गरिएकोले यो अल्पकालीन रुपमा सेवा बन्द गरिएको पाकिस्तानी अधिकारीहरुले जनाएका छन् ।

 


केही क्षेत्रमा मोटरसाईकलमा यात्री ओसार्ने काममा पनि प्रतिबन्ध लगाइएको छ । यसबाट अनधिकृत र आशंकित ब्यक्तिहरुको ओसार पसारमा कमी आउने अपेक्षा सुरक्षा निकायले गरेको छ । पाकिस्तानमा क्रियाशील तालिवानले भने सरकारको यो निर्णय केटाकेटीको खेल भएको भन्दै आफ्नो गतिविधिमा कुनै असर नपर्ने प्रतिक्रिया दिएको छ ।

 

– Agencies