– शोभाखर पन्थी
अर्घाखाँची । नेकपा एमालेका पोलिट व्युरो सदस्य राजेन्द्र पाण्डेले एकिकृत नेकपा माओवादीले जातिय भिडन्त गराएर मुलुकमा विखण्डन ल्याउन खोजेको आरोप लगाएका छन् ।
राष्टिय जन सास्कृतिक महासग अर्घाखाँचीद्धारा शनिवार संन्धिखर्कमा आयोजित जन सभा तथा सास्कृतिक कार्यक्रममा मन्तव्य राख्दै उनले संविधान सभाको लागी १५ हजारको र्मत्यु गराएको एकिकृत माओवादीले संविधाल सभाको हत्या गराएको बताए ।
बर्तमान सरकार र माओवादीका कारण मुलुकको राष्टियता गम्भिर संकटमा परेको बताउदै बर्तमान सरकारको बरखास्तीको कुनै बिकल्प नभएको उनको भनाई छ । माओवादी अध्यक्ष प्रचण्डले आफु राष्टपति हुन देशलाई बन्धक बनाएको आरोप लगाउदै प्रचण्डको राष्टपति बन्ने दिवा सपना कहिल्यै पुरा नहुने उनको भनाई छ ।
एमाले केद्रिय सदस्य ठाकुर गैरेले माओवादीमा युद्धको धङधङी यथावत रहेका कारण मुलुकले निकाश पाउन नसकेको बताए । उनले बर्तमान सरकार भारतको कठपुतली समेत भएको आरोप लगाए ।