महिला पुरुष दुबैलाई सचेत बनाउनु पर्ने सन्धिखर्कको कार्यक्रममा सहभागीहरुको भनाई

– प्रेमनारायण आचार्य

 

सन्धिखर्क, अर्घाखाँची । घरको शान्तीनै समाजको शान्तीको आधार बन्न सक्छ भन्ने कुरामा महिला पुरुष दुबैलाई सचेत बनाउनु पर्ने एक कार्यक्रमका सहभागीहरुले औल्याएका छन ।

लैगिक हिंसा अन्तय गर्नका लागि सबै ब्यक्तिहरुले आ-आफ्नो स्थानबाट प्रतिबद्धता ब्यक्त गर्नु पर्ने सहभागीहरुले बताएका छन ।


घर शान्तीनै विश्व शान्तीको आधार दमन प्रतिबाद गरि महिला हिंसा अन्त्य गरौ भन्ने मुल नाराकासाथ सुरु भएको लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत सरोकारवाला निकायहरु बिच भएको अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो कुरा औल्याएका हुन ।


कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी भेसराज खनाल, जिबिसका कार्यक्रम अधिकृत हरिस्चन्द्र भुसाल, महिला बिकास अधिकृत बिष्णुकुमारी लामिछाने, काङ्रेसका जिल्ला सचिब लोकेन्द्र बिक, नेकपा एकिकृतकी राधा नेपाली, महिला मानब अधिकार रक्षक जिल्ला संजालकि अध्यक्ष जानका बन्जाडे, प्रेरणाका सुनिल अधिकारी  , पत्रकार हिमबहादुर जिसी लेकाली , एकल महिला समाजकि खगिश्वरा बस्याल लागयतले मन्तब्य राखेका थिए ।


कार्यक्रममा अधिबक्ता बिजय केसीले लैगिक हिंसा मुक्त समाज चुनौती , सम्भाबना, दायीत्व बिषयक कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।


जनचेतना सारेकार मञ्च अर्घाखाची र उद्योग बाणिज्य संघ अर्घाखाचीको संयुक्त आयोजनामा भएको कार्यक्रम रामप्रसाद अधिकारीको अध्यक्षता, झबिन सुनामको सञ्चालन  र नेत्रप्रसाद भुसालको स्वागत मन्तब्यमा सम्पन्न भएको हो । 

 



Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.

अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।





अन्य समाचारहरु