नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार, वृद्धिदर १.३५ %, पुरुषभन्दा महिला बढी

काठमाडौं, मंसिर ११ – नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ पुगेको छ ।

 

राष्ट्रिय तथ्यांक विभागले सोमबार सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०६८ प्रतिवेदन अनुसार यसपटकको जनगणनामा महिलाको संख्या बढी छ ।

 

सिंहदरवारमा प्रधानमन्त्री बाबुराम भट्टराईले राष्ट्रिय जनगणना २०६८ रिपोर्टको विमोचन गरेका थिए । जनसंख्या वृद्धिदर १ दशमल ३५ प्रतिशत पुगेको छ । ०५८ सालको जनसंख्या २ करोड ३१ लाख ५१ हजार ४ सय २३ थियो ।

 

१०/१० वर्षमा राष्ट्रिय जनगणना हुने गरेको छ । साक्षरता दर बढेको छ । तराईको जसंख्यामा वृद्धि भएको छ । १० वर्ष अगाडि ४८ प्रतिशत रहेको तराईको जनसंख्या अहिले ५० दशमलव ३ प्रतिशत पुगेको छ ।

 

महिलाको प्रतिशत ५१ दशमलव ५ तथा पुरुषको ४८ दशमलव ५ रहेको छ । सार्वजनिक तथ्यांक अनुसार महिलाको जनसंख्या १ करोड ३६ लाख ४५ हजार ४ सय ६३ तथा पुरुष १ करोड २८ लाख ४९ हजार ४१ पुगेको छ ।

 

पहाडमा ४३ र हिमालमा ६.७ प्रतिशत जनसंख्या रहेको छ । केन्द्रीय तथ्यांक विभागका महानिर्देशक उत्तम नारायण मल्लले जनसंख्याको तथ्यांक प्रस्तुत गरेका थिए गरेका थिए । ०६८ साल असारमा राष्ट्रिय जनगणना भएको थियो ।

 

– RSS