नरपानी चुनढुंगा उत्खनन् गर्नमा नेताबीच विवाद / दम गरे प्रतिवाद गर्छौ: गाउँले

– वीरेन्द्र केसी

 

 अर्घाखाँची ।  स्थानीयको अवरोधका कारण एक वर्ष देखि बन्द रहेको नरपानी चुनढुंगा उत्खनन कार्य पुनः सुचारु गर्नका लागि बसेको बैठकमा नेताबीच चर्काचर्की विवाद भएपछि विना निष्कर्ष टुंगिएको छ । ढुंगा उत्खननले खानेपानीको मुहान सुकेको भन्दै नरपानीका गाउँलेले उत्खनन कार्यमा रोक लगाउदै आएका छन ।


 उत्खनन सुचारु गर्ने विषयमा प्रमुख जिल्ला अधिकारी गोविन्दमणी भुर्तेलको अध्यक्षतामा बसेको सर्वदलीय बैठकमा नेताहरु दुई खेमामा विभाजित भएपछि विवाद भएको हो । उद्योगले २०५५ सालमा सरकारसँग र दुई पटक स्थानीय गाउँलेसँग गरेका सम्झौता पालन नगरी जथाभावी उत्खनन गर्दै आएको थियो ।


गाउँलेले उत्खनन कार्यमा रोक लगाएपछि खानी तथा भु गर्भ विभागको माईनि∙ ईन्जिनियर सहितको टोलीले स्थलगत अध्ययन पछि उत्खननकै कारणले खानेपानी नसुकेको र खानेपानीको लागि डयाम्प निर्माण गर्नुपर्ने, उत्खननपछि विरुवा रोप्नुपर्ने र जथाभावी फालिएका कंकटलाई एकठाउँ राखेपछि काम रुचारु गर्न सकिने प्रतिवेदन निकालेको थियो ।


 उद्योग मन्त्रालय र विभागले गाउँलेका माग सम्बोधन गर्न उद्योगलाई निर्देशन गरेपछि प्रजिअले सर्वदलीय बैठक बोलाएका हुन । बैठकमा एमाओवादी काग्रेस र एमालेले विभागले दिएको निर्देशन अनुसार काम गराउन दिनुपर्ने माग राखेका थिए भने राष्ट्रिय जनमोर्चा र वैद्य पक्षीय माओवादी सहित साना दलले जनताले सधैका लागि बन्द गराउने माग भएकाले उत्खनन पुनः सुचारु गर्न दिन नहुने पक्षमा नेताबीच चर्काचर्की भएपछि बैठकले टुंगो लगाउन सकेन ।

 
 बैठकमा एमाओवादी नेता कमल खनाल, गोविन्द केसी, काग्रेस सभापति कमल भुसाल, एमाले अध्यक्ष रामजीप्रसाद घिमिरेले उद्योगले विगारेकाले पहिला उसैलाई बनाउन दिने र पछि खानी उत्खनन गर्न दिने विषयमा पछि बैठक बसेर निर्णय गर्नु पर्ने माग राखेका थिए । विभागले दिएको निर्देशन अनुसार काम गर्ने भएकाले आवश्यक सुरक्षा पाउ भनि उद्योगले प्रशासनलाई निवेदन दिएको छ । वैद्य पक्षीय माओवादी जिल्ला सह ईन्चार्ज भोला बस्यालले उद्योगले २०५५ सालमा देखि गाउँलेसँग गरेका सम्झौता लागु नगरेको, खानेपानीको मुहान सुक्दा समेत ध्यान नदिएकाले उत्खनन कार्य गर्न दिन नहुने बताए । नरपानीको मुहानबाट आधा जिल्लालाई खानेपानी धानेको छ, उनले भने, उत्खनन गर्दा पानी सुक्छ सबै गाउँले विरोधमा छन त्यसैले उत्खनन गर्न हुदैन, जनताको माग अनुसार कुरा राख्दा प्रजिअले हामीलाई अराजक तत्व भने ।


 बैठकमा सहभागी काग्रेस जिल्ला सचिव वासुदेव आचार्यले गाउँलेको मागलाई सम्बोधन नगरी उत्खनन गर्न दिन नुहने बताए । स्थानीय गाउँलेले खानेपानीबाट वञ्चित गराएर उद्योग खोल्न खोजे र राज्यबाट दमन गर्न खोजे प्रतिवाद गर्न बताए ।


बैठकमा विवाद भएपछि राजमो, माओवादी सहित अन्य नेताले बैठक वहिस्कार गरेपछि एमाओवादी, काग्रेस र एमालेका नेतासहितको निर्णय अनुसार प्रजिअ भुर्तेलले २१ गते सबै दलका एक जना नेता र संघर्ष समितिका ३ जनालाई भेला गराई छलफल गरेर जे निष्कर्ष निस्कन्छ त्यस अनुसार गर्नुपर्ने निर्णय भएको बताए । एमाले अध्यक्ष घिमिरेले उत्खनन गर्दा घाटा र नाफा हेरी निर्णय गर्नुपर्ने बताए ।

 

डाईनेष्टिक कम्पनीले अर्घाखाँची सिमेन्ट प्रालिको नाममा नरपानीबाट आठ वर्षदेखि ढुंगा उत्खनन गरी कपिलवस्तुको वीरपुर हुदै भारत निकासी गर्दै आएको छ । स्थापनाकाल देखी पटक पटक विवादित हुदै आएको उत्खनन कार्य ५ पटकसम्म बन्द हुदै खुल्दै आएकोमा यस पटक एक वर्षसम्म बन्दै छ । यसबाट दैनिक एक सय टन ढुंगा निर्यात गर्दै आएको थियो ।


सम्झौता कार्यन्यवन नगरेको र खानेपानीको मुहान सुकेकाले सधैका लागि उत्खनन कार्य बन्द गर्नु पर्ने संघर्ष समितिका सदस्य लक्ष्मण कंडेलले बताए । नरपानीको मुहानबाट सदरमुकाम सहित २० भन्दा बढी गाविसमा खानेपानीको मुहान पनि सुक्दै गएको, सन्धिखर्क गोरुसिंगे सडक क्षमता भन्दा बढी ढुंगा ओसारेकाले क्षतविच्छेद भएकोले बन्द गर्न माग गरिएको उनले बताए । उनले जिल्लामा रहेका नेताले भन्दैमा काम सुचारु नहुने बताए ।

यसैबीच राष्टिय जनमोर्चा, वैद्य पक्षीय माओवादी र नेकपा एकीकृत क्रान्तिकारीले सन्धिखर्कमा पत्रकार सम्मेलन गरी सोमबार सर्वदलीय बैठकमा प्रजिअले आफहरुलाई अराजक भनेकाले आपत्ती जनाउ

अन्य समाचारहरु