एमालेले नयाँ सहमतीय सरकारमा सत्तारूढ गठबन्धनभित्रकै नेतृत्व नस्वीकार्ने भएको छ । प्रधानमन्त्री बाबुराम भट्टराईको बहिर्गमनपछि पनि सत्तारूढ गठबन्धनकै नेतृत्व हुनुपर्ने दाबी आइरहेका बेला एमाले त्यसको विपक्षमा उभिएको हो ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले सोमबार संघीय लोकतान्त्रिक गठबन्धन भित्रबाटै नेतृत्व हुनुपर्ने प्रस्ताव अघि सारेका थिए । पोलिटब्युरोको जारी बैठकमा अधिकांश नेताहरूले गठबन्धनभित्रको नेतृत्व हुन नहुने धारणा राखेका छन् । एमालेले सहमतिको सरकारको नेतृत्वका लागि कांग्रेसलाई जोड दिइरहेको छ ।
आफ्नो नेतृत्वको दाबी नगर्ने पुरानो धारणालाई एमाले यथावतै राखेको छ ।
एमालेले राष्ट्रपतिको कदमलाई स्वागत गर्दै राष्ट्रपतिको कदममाथि मन्त्रिपरिषद्को निर्णय र प्रधानमन्त्रीले दिइरहेका अभिव्यक्ति आपत्तिजनक भएकाले त्यसको विरोध गरेको छ ।