कामचलाउ बनिसकेको वर्तमान मन्त्रिपरिषद्ले राष्ट्रपतिको आह्वानलाई असंवैधानिक ठहर गरेर मुलुकलाई जटिल समस्यातर्फ धकेलेको छ । गत शुक्रबार सहमतीय सरकार निर्माण गर्न राष्ट्रपतिले समयसीमा तोकेर आह्वान गरेपछि वर्तमान सरकार राष्ट्रपतिविरुद्ध खुलेरै आइलागेको हो । अघिल्लो दिनसम्म सहमतिका लागि आफू जस्तोसुकै त्याग गर्न र जस्तोसुकै लचकता अपनाउन तयार रहेको बताउने वर्तमान प्रधानमन्त्री डा. बाबुराम भट्टराई अहिले पूरै सहमतिको विपक्षमा उभिएर राष्ट्रपतिको