विशेष अदालतले पूर्व सहसचिव सावित्री राजभण्डारीलाई भ्रष्टाचारी ठहर गर्दै कैद तथा जरिवाना गर्न आदेश

काठमाडौं  । विशेष अदालतले पूर्व सहसचिव सावित्री राजभण्डारीलाई भ्रष्टाचारी ठहर गर्दै कैद तथा जरिवान गर्न आदेश दिएको छ ।

 

पदको दुरुपयोग गरी राजभण्डारीले गैरकानुनीरुपमा अकुत सम्पत्ति आर्जन गरेको ठहर गर्दै विशेष अदालतले १ बर्ष कैद र २ करोड ४६ लाख १९ हजार रुपियाँ जरिवाना गर्न आदेश दिएको हो ।

पूर्व निर्वाचन आयोगका प्रमुख आयुक्त अच्युतनारायण राजभण्डारीकी पत्नी सावित्रीले आफ्नी विवाहिता छोरी मोनिसा राजभण्डारी बस्नेतको नाममा हिमालयन बैंक र नेपाल बंगलादेश बैंकमा गरी २ करोड ५२ लाख ९३ हजार रुपियाँ राखेकी थिइन् ।


उक्त रकम मध्ये २ करोड ४६ लाख रुपँयाँको स्रोत खुल्न नसकेको अदालतको आदेशमा उल्लेख छ ।

 

– RSS